
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतमा रेल सेवा आजबाट सुरु भएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि भारतमा लागु गरिएको लकडाउनका कारण रोकिएको रेल सेवा आजबाट सुरु भएको हो । रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा सुरु गरेको हो ।
मन्त्रालयले रेल सेवाको तालिका सार्वजनिक गरेपछि सोमबारदेखि नै अनलाइनमार्फत् टिकट बुकिङ जारी छ ।यसअघि लकडाउनका कारण अलपत्र परेकाहरुलाई उनीहरुको गाउँघरसम्म पुर्याउने उद्देश्यले सरकारले रेलको व्यवस्था गरेको थियो । कोरोना कहरबीच भारतमा सार्वजनिक यातायातका अन्य सेवा पनि सुरु गर्ने तयारी छ । भारतीय रेल सेवा सुरु भएपछि हवाई सेवा पनि सन्चालन गर्ने चर्चा छ ।
यस्तै दिल्लीभित्र चल्ने सार्वजनिक रेल सेवा पनि संचालनको तयारी भइरहेको छ । दिल्ली मेट्रो रेल सेवा आफैंले त्यसको संकेत गरेको छ । दिल्ली मेट्रोले आफ्नो ट्वीटर अकाउन्टमा मेट्रो स्टेशनमा विशेष प्रशिक्षित कर्मचारीहरु खटाइएको जानकारी दिएको छ । यात्रुहरुको आउ–जाउ हुने क्षेत्रको सरसफाइ गर्न उनीहरुलाई खटाइएको हो ।
भारतमा रेल सेवा संचालनमा आउंदा नेपालमा भने कोरोनाको अध्याधिक जोखिम पर्ने देखिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्