×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मासको दालमा चर्को मूल्य असुल्दै बिग मार्ट, विभागले गर्यो ३ लाख जरिवाना !

LAXMI SUNRISE BANK

मासको दालमा चर्को मूल्य असुल्दै बिग मार्ट, विभागले गर्यो ३ लाख जरिवाना !

२९ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तिगौंडामा रहेको बिगमार्टलाई ३ लाख रूपैयाँ जरिवाना गरेको छ । मासको दालमा बढी मूल्य लिएको कसुरमा विभागले उक्त जरिवाना गरेको हो । विभागले सोमबार बिहान गरेको अनुगमनका क्रममा बिग मार्टले मासको दालमा अत्याधिक चर्को मूल्य असुल्ने गरेको भेटिएको थियो।

बिगमार्टमा दुई प्रकारको मूल्यको मासको दाल राखिएको छ । एउटा दालको मूल्य प्रतिकेजी १ सय ३५ र अर्को दालको मूल्य २ सय ७१ तोकिएको छ । ती दुवै प्रकारका दाल हेर्दा उस्तै छन् । अग्र्यानिक भएकोले बढी मूल्य राखिएको भनेपछि विना मापदण्ड अग्र्यानिक भनेर बढी मूल्य लिएको कुसरमा कारबाही गरिएको विभागले जनाएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले ३८ (ङ) को कसुरमा ३१ (१)  (ख) बमोजम ३ लाख रूपैयाँ जरिवाना गरिएको हो।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी