Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी रन्जित श्रेष्ठलाई कोरोना संक्रमण, सामाजिक संजालबाट दिए यस्तो जानकारी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य रन्जित श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा हाल युएईको दुबईमा रहेका उनलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । हाल आइसोलेशनमा रहेको रन्जित आफैले सामाजिक सन्जालमार्फत जानकारी दिएका छन् । रन्जितले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको फेसबुकमा राखिएको भिडियोमार्फत जानकारी दिएका छन् ।
रन्जित तीन वर्षयता दुबईमा छन् । त्यसअघि उनी दक्षिण कोरियामा पनि केही वर्ष काम गरेका थिए । कुनै समय निकै प्रतिभावान मिडफिल्डरको पहिचान बनाएका रन्जित अचानक वैदेशिक रोजगारीका लागि विदेशतर्फ लागेका थिए । उनले घरेलु फुटबलमा थ्रीस्टार,संकटा, फ्रेण्ड्स र एनआरटीबाट खेलेका छन् । रन्जित सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाली टिममा थिए । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK