×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकहरुको सीएसआरमा छुट्याएकोमध्ये ५० प्रतिशत रकम बैंकर्स संघबाट खर्च गर्ने तयारी

LAXMI SUNRISE BANK

बैंकहरुको सीएसआरमा छुट्याएकोमध्ये ५० प्रतिशत रकम बैंकर्स संघबाट खर्च गर्ने तयारी

२९ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । बैंकहरुले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) मा खर्च गर्नु पर्ने रकममध्ये आधा रकम संघमार्फत खर्च गर्न पाउने व्यवस्था मिलाइदिन आग्रह गर्दै राष्ट्र बैंकलाई पत्राचार गरेको हो । 
संघका अध्यक्ष भुवन दाहालका अनुसार बैंक आफैंले खर्च गर्दा स-साना काममा खर्च भएको हुनाले त्यसको आधा रकम संघमार्फत खर्च गर्न पाउनु पर्ने जनाएका छन् ।
संघमा जम्मा भएको सीएसआरको ५० प्रतिशत रकम आवश्यकता अनुसार स्वास्थ्य, सामाजिक, शिक्षा लगायतका क्षेत्रमा सहयोग गर्ने उदेश्य हुनाले अध्यक्ष दाहालले यसका लागि राष्ट्र बैंकलाई पत्राचार गरेका हुन् । सबै बैंकहरुले कोषमा रकम जम्मा गर्दा ठुलो परिमाणमा रकम जम्मा हुने भएकाले सो रकमले बैंकिङ क्षेत्रको योगदान समाज कल्याणमा धेरै हुने उनको भनाइ छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७३र७४ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाले कुल नाफाको १ प्रतिशत रकम सीएसआरमा अनिवार्य खर्च गर्नु पर्ने व्यवस्था गरेको थियो । जसअनुसार हालसम्म बैंकिङ क्षेत्रबाट अर्बौ रुपैयाँ सीएसआर अन्तर्गत खर्च भइरहेको छ । बैंकहरुले नाफाको १ प्रतिशत रकम आफुखुसी खर्च गर्ने र सोको जानकारी राष्ट्र बैंकका गराइरहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी