×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५१ अन्तर्राष्ट्रिय उडान भित्रको कथा – ‘लकडाउन’का बेला खुसी हुँदै झन्डै पाँच हजार विदेशी नागरिक घर फर्किए

PRIME CA

५१ अन्तर्राष्ट्रिय उडान भित्रको कथा – ‘लकडाउन’का बेला खुसी हुँदै झन्डै पाँच हजार विदेशी नागरिक घर फर्किए

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – लकडाउनमा झन्डै पाँच हजार विदेशी नागरिक फर्किएका छन् । नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्थामा ‘चार्टर फ्लाइट’मार्फत शनिबारसम्म विभिन्न मुलुकका चार हजार ८७४ विदेशी नागरिक आ-आफ्नो मुलुक फर्किएका हुन् । सरकारले गत चैत ११ देखि लकडाउन गरे पनि विदेशी मुलुकले चार्टर फ्लाइटमार्फत आफ्ना नागरिक उद्धार गरी लैजान सकिने निर्णय गरेको थियो । सो अवधिमा ५१ वटा विशेष उडानमार्फत ६० भन्दा बढी मुलुकले आफ्ना नगरिकलाई उद्धार गरी लगेका अध्यागमन विभागले जनाएको छ । सो अवधिमा १७ कार्गो र ३४ यात्रु उडान भएको थियो । 
सबैभन्दा बढी संयुक्त अधिराज्यका ६६६ नागरिक स्वदेश फर्किएका छन् । जर्मनीका ६५६, अमेरिकाका ५३५, फ्रान्सका ४२५, क्यानाडाका ३२२, अष्ट्रेलियाका २३६, नेदरल्यान्डका १७६, दक्षिण कोरियाका १६३, जापानका १६२, स्पेनका १३४, स्विट्जरल्यान्डका ११४, इटालीका ११३, रसियाका १०४, पोल्यान्डका ९२, अस्ट्रियाका ८४, स्विडेनका ७४, बेल्जियमका ६५, श्रीलङ्काका ५७, चेक रिपब्लिकका र मलेसियाका ४५/४५ तथा भूटानका ४४ नागरिक स्वदेश फर्किएका हुन् । 
यस्तै अध्यागमन विभागका अनुसार डेनमार्कका ४३, फिनल्यान्डका ४२, आयरल्यान्डका ४०, न्युजिल्यान्डका ३८, युक्रेनका ३७, थाइल्यान्डका ३३, बङ्गलादेशका ३२, ब्राजिलका ३१, हङ्गेरीका २७, पोर्चुगलका २२, नर्वे र इजरायलका २१/२१, चीन र भारतका २०/२०, सिङ्गापुरका १९, माल्दिभ्सका १२, दक्षिण अफ्रिकाका ११, मेक्सिको र रोमानियाका सात/सात, स्लोभाकियाका छ, बेलारुसका पाँच, अर्मेनिया, लिथुवानिया, युएनओ, लाटभिया र बुल्गेरियाका चार/चार नागरिक फर्किएका हुन् । साथै लक्जेमबर्ग, मङ्गोलिया र आइसल्यान्ड तीन/तीन, अर्जेन्टिना, चिली, ग्रिस, इरान, माल्टा, स्लोभानिया, ताइवान, संयुक्त अरब इमिरेटस् र यमनका दुई/दुई तथा अन्य मुलुकका १८ नागरिक पनि लकडाउनको अवधिमा स्वदेश फर्किएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: