
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । नेपालमा थप दुई जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुई जना निको भएर डिस्चार्ज भएका हुन् ।
भोजपुरका २७ वर्षीय युवक १० वैशाखमा अस्पताल भर्ना भएका थिए भने झापा दमकका ६३ वर्षीय वृद्धलाई १२ वैशाखमा कोरोना देखिएपछि कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । उनिहरु दुवै जना डिस्चार्ज भएका हुन् । रिपोर्ट नेगेटिभ आएपछि आइतबार दुई जनालाई डिस्चार्ज गरिएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए ।
उनीहरुसँगै कोशी अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । यसअघि बुधबार ६ र शुक्रबार ८ जना निको भएर डिस्चार्ज भएका थिए । संक्रमितको संख्या भने ११० पुगेको छ । शनिबार मात्रै ८ जना कोरोना संक्रमित फेला परेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्