×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकाका कोरोना टास्क फोर्सका दुई ठूला अधिकारी क्वारेन्टाइनमा बस्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अमेरिकाका कोरोना टास्क फोर्सका दुई ठूला अधिकारी क्वारेन्टाइनमा बस्ने

Artha Sarokar

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – अमेरिकाका कोरोनाभाइरस टास्क फोर्सका दुई ठूला अधिकारीले आफूलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेका छन् । कोरोना भाइरसद्वारा संक्रमित व्यक्तिको सम्पर्कमा आएका कारण आफूलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेका हुन्।
यसमा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका निर्देशक डाक्टर रोबर्ट रेडफिल्ड र फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन विभागका कमिश्नर स्टिफन हेन छन् ।
संक्रामक रोगको रोकथामका लागि जिम्मेवार अधिकारी एन्थोनी फाउचीले पनि सावधानीको रुपमा आफू केही दिन घरबाटै काम गर्ने बताएका छन् ।
पछिल्लो दुई हप्तामा ह्वाइट हाउसका दुई अधिकारी कोरोनाभाइरसद्वारा संक्रमित पाइएका छन् । – एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी