
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वीटरल्याण्ड सरकारले सहयोग गरेको ३० हजार थान पीसीआर टेष्ट किट आज नेपाल आइपुगेको छ । पिसिआर टेष्टकिट सहित स्वीस सरकार विकास सहयोग एसडिसिले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमान मार्फत आज आइपुगेको हो । स्वीस सरकारको तर्फबाट उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई आज हस्तान्तरण गरिएको छ ।
विमानस्थल पुगेर नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गर्नुभयो । टेष्ट किट हस्तान्तरण गर्दै नेपालका लागि स्वीस राजदूत क्यापलरले संक्रमण नियन्त्रणका लागि आवश्यक र महत्वपूर्ण परीक्षणलाई ३० हजार टेष्ट किटले सुदृढ गर्ने बताउनुभयो । एसडिसिले ४ हजार सेट पिपिइ सेट, १ हजार इनफ्रारेड थर्मोमिटर, ८ हजार एन ९५ मास्क यसअघि नै नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
यसैगरी स्वीस सरकारले कोभिड—१९ को पूर्वतयारी, राहत र पुनस्र्थापानाका लागि सहयोग गर्न ५० लाख स्वीस फ्र्याङ्कको कोष स्वीकृत गरेको छ । सहयोगका लागि निर्माण भएको उक्त कोषले महामारी प्रभावित नेपालको सामाजिक, आर्थिक असर घटाउन र आवश्यकता थता समावेशीतामा आधारित कार्यहरु प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास स्वीस सरकारले व्यक्त गरेको छ । कोरोना रोकथामका लागि नेपाल सरकारको प्रयासलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता पनि स्वीस सरकारले गरेको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्