
काठमाण्डौ । कोरोना भाइरसबाट अतिप्रभावित अमेरिकामा बेरोजगारको अवस्था भयवाह देखिएको छ । कोरोना संकटकै कारण आर्थिक गतिविधि ठप्पप्रायः अमेरिकामा ३ करोड ३३ लाख मानिसले जागिर गुमाइकेका छन् । कोरोनाका कारण अमेरिका अधिकांश राज्य लकडाउनमा छन् । जसका कारण व्यापारव्यवसाय, उद्योगधन्दा, शिक्षणसंस्था, यातायात सञ्चालनमा प्रतिबन्ध लगाइएका छन् ।
यसैगरी अमेरिकामा रहेका अधिकांश बहुराष्ट्रिय कम्पनीहरु पनि बन्द छन् । यसरी कोरोनाबाट उद्योगव्यवसाय ठप्प हुँदा त्यहाँ कार्यरत करोडौँ मानिसको रोजगारी संकटमा परेका छन् । केही कम्पनीले आफ्नो कर्मचारीलाई घरबाटै काम गर्न अनुमति दिए पनि रोजगारीमा परेको संकट गहिरिँदै गएको छ। रोजगार गुमाउनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरु बताउँछन् ।
त्यसो त गत सातामात्रै अमेरिकामा करिब ३२ लाख अमेरिकीहरुले बेरोजगारी भत्ताका लागि आवेदन दिएका छन् । कोरोनाभाइरसबाट विश्वभर ३८ लाख बढी मानिस संक्रमित भएकोमा २ लाख ६७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। अमेरिकामा मात्रै कोरोना संक्रमणबाट ७५ हजार ५०० को हाराहारीमा ज्यान गइसकेको छ। – एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्