×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बढ्यो अनलाइन उजुरी गर्नेको संख्या, ‘लकडाउन’मा पनि रोकिएन भ्रष्टाचार !

LAXMI SUNRISE BANK

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बढ्यो अनलाइन उजुरी गर्नेको संख्या, ‘लकडाउन’मा पनि रोकिएन भ्रष्टाचार !

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनलाइन उजुरी दिनेहरूको संख्या बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनको अवस्थमा रहेका बेला पनि उजुरीमा कमी नआएको बताए । 
लकडाउनका कारणले अनलाइनबाट उजुरी गर्नेको संख्या  ह्वात्तै बढेको उनले बताए । इमेल, वेभसाईट, फेसबुक, भाइबर, ट्विटर, हटलाइन र टोलफ्री नम्बरबाट अदुअआमा उजुरी गर्नेको संख्या बढेको हो । अदुअआले कञ्चनपुर, सुर्खेत, नेपालगञ्ज, बुटवल, पोखरा, हेटौडा, बर्दीवास, इटहरी र टंगालस्थित कार्यालयबाट उजुरी लिने गर्दछ ।
गत आर्थिक वर्षमा सबै कार्यालयमा गरेर १६ हजार ९९७ उजुरी परेका थिए । जसमध्ये सबैभन्दा बढी टंगालस्थित प्रधान कार्यालयमा ९ हजार ८५५ उजुरी परेका थिए । आर्थिक वर्ष २०७५/०७६ मा प्रधान कार्यालयमा मासिक औसत ८२१ उजुरी परेका थिए । यसपटक प्रधान कार्यालयमै बैशाखको पहिलो दुई हप्तामै ५०० भन्दा बढी उजुरी परेको प्रवक्ता कोइरालाले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी