×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘हटस्पट’ वीरगञ्ज, नेपालगन्ज र उदयपुरमा नमूना संकलन गर्न सेनासहितको टोली परिचालन, २५ सयको कोरोना परीक्षण हुने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘हटस्पट’ वीरगञ्ज, नेपालगन्ज र उदयपुरमा नमूना संकलन गर्न सेनासहितको टोली परिचालन, २५ सयको कोरोना परीक्षण हुने !

Artha Sarokar

२५ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

'पछिल्लो २४ घण्टामा कोरोनाका नयाँ संक्रमित फेला परेनन्' : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज – कोरोना भाइरसबाट बढी प्रभावित बनेका स्थानहरु वीरगञ्ज, नेपालगन्ज र उदयपुरमा थप दुई हजार ५ सय व्यक्तिहरुको कोरोना परीक्षण गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ‘हटस्पट’(कोरोना संक्रमण बढी) देखिएका तीन जिल्ला उदयपुर,वीरगञ्ज र नेपालगन्‍जमा नमुना संकलन गर्न काठमाडौंबाट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा र नेपाली सेनाको टिमले नमुना संकलन गरिरहेको छ ।

मन्त्रालयका अनुसार वीरगञ्ज र नेपालगन्जमा एक-एक हजार र उदयपुरमा ५ सय गरेर कुल २५ सय व्यक्तिको नमूना संकलन गरिनेछ । पछिल्लो समय संक्रमितको संख्या बढेसँगै यी तीन ठाउँलाई हटस्पटको रुपमा हेरिएको छ । जसमा नेपालगन्ज र वीरगञ्जमा २३ र उदयपुरमा २८ संक्रमित छन्। बुधबार मात्र वीरगञ्जमा एकै परिवारका १७ जना सदस्यमा संक्रमण देखिएको थियो। उनीहरूको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी