Skip to content
LAXMI SUNRISE BANK

कोरोना कोषमा श्रम मन्त्रालय र मातहतका कार्यालयले जम्मा गरे १४ लाख ५१ हजार ९६७ रुपैयाँ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना कोषमा  १४ लाख ५१ हजार ९६७ दाखिला गरेको छ । कोरोनासँग लड्न सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा मन्त्रालयले १४ लाख ५१ हजार ९६७ दाखिला गरेको हो । 
मन्त्रालयका प्रवक्ता सुमन घिमिरे अनुसार मन्त्रालय तथा मातहतका पाँच निकायका सबै तहका कर्मचारीको तर्फबाट उक्त रकम कोषमा दाखिला गरिएको हो । सचिव र सहसचिवको सात दिन, उपसचिव र शाखा अधिकृतको पाँच दिन र अन्य कर्मचारीको तीन दिनको तलब रकम जम्मा गरिएको मन्त्रालयले जनाएको छ । सरकारद्वारा स्थापित उक्त कोषमा रकम जम्मा हुने क्रम जारीनै छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK