
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज – नेपालमा पहिलोपल्ट एकै परिवारका १७ जनालाइ कोरोना संक्रमण भएको छ । बुधबार वीरगञ्जका एउटै परिवारका १७ जना सदस्य कोरोना संक्रमित भएको खुलेको हो । बुधबार भेटिएका वीरगञ्जका सबै संक्रमित एउटै परिवारका सदस्य रहेको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीकले जानकारी दिए । उक्त परिवारका अर्का सदस्यलाइ भने वैशाख १४ गते संक्रमण देखिएका थियो ।
उनी महानगरका कर्मचारी रहेको खुलेको छ । संक्रमित २ महिने शिशु पनि संक्रमित पुरुषकै बच्चा रहेको बताइएको छ । वैशाख १४ गते महानगरपालिका-३ स्थित छपकैयामा बस्दै आएका एक पुरुषमा संक्रमण देखिएको थियो। उक्त पुरुषका परिवार र सम्पर्कमा आएकाहरूको परीक्षण गर्न काठमाडौं पठाइएको थियो ।
संक्रमित पुरुष राहत वितरणमा पनि सहभागी भएकाले संक्रमण थप बढ्न सक्ने महानगरले जनाएको छ । १२ सय बढी मानिसलाई राहत वितरण कार्यमा उनि सहभागी भएको पनि खुलेको छ । त्यसलै संक्रमित संख्या यो भन्दा धेरै हुनसक्ने आंकलन गरिएको छ। नेपालमा कोरोना सक्रमितको संख्या ९९ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्