×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बहराइनमा थप ८८ जना नेपालीमा कोरोना संक्रमण, संक्रमित नेपालीको संख्या २४५ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बहराइनमा थप ८८ जना नेपालीमा कोरोना संक्रमण, संक्रमित नेपालीको संख्या २४५ पुग्यो

Artha Sarokar

२४ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ – बहराइनमा थप ८८ जनामा कोरोना ‘पोजेटिभ’ देखिएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या २४५ पुगेको छ । गत बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । 
बहराइनस्थित नेपाली दूतावासका अनुसार त्यसअघि एकैपटक ७७ जना नेपालीमा यस्तो संक्रमण भेटिएको थियो । बहराइनमा एक हजार ९ सय ५० जना संक्रमित उपचारमा छन् १ हजार ७ सय ६२ जना डिस्चार्ज भएका छन् । दूतावासका अनुसार कामदारहरूको बासस्थानमा सामाजिक दुरी कायम गर्न नसक्दा संक्रमणको दर बढिरहेको छ । एकैस्थानमा धेरै कामदार बस्ने गरेकाले एक जनामा भएको संक्रमण अन्यमा फैलिएकाले नेपाली कामदारहरू असुरक्षित बन्न पुगेका छन् ।
अहिले बहराइनमा सेमिलकडाउन छ । कम्पनीहरू बन्द भएपनि ठूला परियोजनामा काम भइरहेको छ । बिहान र बेलुका कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ । दूतावासले नेपाली कामदारहरुलाई सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन आग्रह गरेको छ । बहराइनमा करिब ३५ हजार नेपाली कार्यरत रहेको अनुमान छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी