×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफुबाट गल्ति भएको स्वीकार गर्दै बेलायत सरकारका सल्लाहकारले दिए राजीनामा…

LAXMI SUNRISE BANK

आफुबाट गल्ति भएको स्वीकार गर्दै बेलायत सरकारका सल्लाहकारले दिए राजीनामा…

२४ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – बेलायतमा लकडाउनको सिफारिश गर्ने प्राध्यापक निल फर्ग्यूसनले आफैंले सामाजिक दुरीको पालना नगरेको भन्दै आफ्नो पदबाट राजीनामा दिएका छन् । उनी कोरोनाको विषयमा बेलायती सरकारका प्रमुख सल्लाहकार हुन् । 
आफ्नो राजीनामाबारे घोषणा गर्दै उनले भने, ‘म स्विकार गर्छु कि मैले गलत गरेँ । त्यसकारण म आफ्नो पदबाट हट्दैछु । यो माहामारीलाई नियन्त्रण गर्नका लागि सामाजिक दुरीको लगातार आवश्यकता छ भन्ने कुरा स्पष्ट छ, मैले यो कुरालाई नजरअन्दाज गरेँ, यसमा मलाई गहिरो अफसोस छ ।’
लण्डनको डेली टेलिग्राफ पत्रिकाले एक रिपोर्ट छापेको थियो जसमा भनिएको थियो – प्राध्यापक निलले एक महिलालाई आफ्नो नजिक आउन दिएका थिए जुन सामाजिक दुरी नियमको उल्लंघन थियो । प्राध्यापक फर्ग्यूसन ‘सेन्टर फर ग्लोबल इन्फेक्सन डिजीज एनालिसिस’ का निर्देशक हुन् । यो संस्थाले सरकार र विश्व स्वास्थ्य संगठनलाई अफ्रिकामा इबोलादेखि अहिलेको कोरोना महामारीसम्ममा सल्लाह दिँदै आएको छ । यही संस्थाले जनवरीमा संसारलाई कोरोनाको खतराबारे चेतावनी दिएको थियो ।
जब चीनका अधिकारीले ऊहानमा दर्जन मानिसमात्रै कोरोनाबाट संक्रमित भनिनरेहका बेला यो संस्थाले ऊहानमा हज्जारौं नभएपनि कम्तीमा सयौंको संख्यामा संक्रमित भएको दाबी गरेके थियो । प्राध्यापक निलको समूहले आफ्नो अनुसन्धानको आधारमा यदि तत्काल कुनै कारवाही नगरे बेलायतमा कोरोनाभाइरसका कारण करिब पाँचलाख बढीको मृत्यु हुनसक्ने चेतावनी पनि दिएका थिए ।
उनकै सल्लाहमा बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनले २३ मार्चदेखि लकडाउन घोषणा गरेका थिए । त्यतिबेला प्राध्यापक निल बेलायतमा ‘प्रोफेसर लकडाउन’ को नामबाट चर्चित भएका थिए । तर आफ्नो पदबाट राजीनामा दिने उनी बेलायतका पहिलो स्वास्थ्य विशेषज्ञ भने होइनन् । उनी अघि ६ अप्रिलमा स्कटल्याण्डकी चीफ मेडिकल अफिसर डाक्टर क्याथरिन केलरवुडले लकडाउनको क्रममा दुई पटक आफ्नो अर्को घर गएका कारण आफ्नो पदबाट राजीनामा दिएकी थिइन् । -एजेन्सी 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी