×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट इटालीभन्दा बेलायतमा धेरैको मृत्यु हुँदैछ किन ?

LAXMI SUNRISE BANK

कोरोनाबाट इटालीभन्दा बेलायतमा धेरैको मृत्यु हुँदैछ किन ?

२४ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरसका कारण इटलीमा भन्दा बेलायतमा धेरै व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार बेलायतमा २९ हजार ५०१ र इटलीमा २९ हजार ३१५ जनाको मृत्यु भएको छ । बेलायतमा मृत्यु भएकाहरुको संख्या इटलीको भन्दा १८६ ले बढी हो ।
तर कोरोना संक्रमितको संख्या भने बेलायतमा भन्दा इटलीमा धेरै छन् । इटालीमा २ लाख १३ हजार १३ जनामा संक्रमण पुष्टि भएको छ भने बेलायतमा संक्रमितको संख्या १ लाख ९६ हजार २४० छ । विश्वभर ३६ लाख ५९ हजार ७ सय ५९ जना कोरोना संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस्तै २ लाख ५६ हजार ९२८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् । कोरोनाको उपचारपछि निको हुनेहरुको संख्या ११ लाख ९७ हजार ७३५ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी