×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन लम्ब्याउन मन्त्रिपरिषद बैठक बस्दै, कति दिन थपिएला ?

LAXMI SUNRISE BANK

लकडाउन लम्ब्याउन मन्त्रिपरिषद बैठक बस्दै, कति दिन थपिएला ?

२४ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बुधबार मन्त्रिपरिषद बैठक बस्दै छ । लकडाउन लम्ब्याउनेबारे निर्णय गर्न बैठक बुधबार बिहान ११ बजे बस्ने भएको हो । यसअघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन जारी राख्न सरकारलाई सुझाव दिएको थियो । समितिको सुझावअनुसार कम्तिमा एक साता लकडाउन थपिने बताएइको छ ।
लकडाउन थप्दै लगे पनि परीक्षण सुस्त भएको भन्दै सरकारको आलोचना हुँदै आएको छ । नेपालमा दुई जना कोरोना संक्रमित फेला परेपछि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको थियो । कोरोना संक्रमितको संख्या बढेपछि सरकारले पटक पटक लकडाउनको समयअवधि थप गर्दै आइरहेको छ । पछिल्लो समय थप गरेको अवधि वैशाख २५ गतेसम्म कायम रहेनछ । 
नेपालमा कोरोना संक्रमितको संख्या ८२ जना पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी