
अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले तीन चरणमा उद्योग सञ्चालन गर्ने गृहकार्य गरेको छ । लकडाउन लम्बिँदै जाँदा अर्थतन्त्र धरासायी हुँदै गएको भन्दै उद्योग चलाउने तयारी गरिएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिए ।
पहिलो चरणमा अत्यावश्यक र खाद्यन्न उत्पादन गर्ने, दोस्रो चरणमा निमार्ण र पूर्वाधारको क्षेत्र र तेस्रो चरणमा निर्यातमुखी उद्योग चलाउन उच्चस्तरीय समितिमा मन्त्रालयले प्रस्ताव पेश गरेको मन्त्री भट्टले बताए । ‘मंगलबार बस्ने कोरोना नियन्त्रण उच्चस्तरीय समितिमा उद्योग सञ्चालनको मोडालिटीको अन्तिम सुझाव तयार हुने र बुधबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय लिन्छ,’ उनले भने । उद्योग सञ्चालनको कार्यविधि नै बनाएर उद्योग सञ्चालनको तयारी गरेको मन्त्रालयले जनाएको छ ।
उद्योग सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गरेर गर्ने जस्ता सुरक्षाका उपाय अपनाउने कार्यविधि बन्नेछ । उद्योग सञ्चालनका लागि उद्योगीहरुको छाता संगठन, श्रमिक सगंठन लगायतसँग छलफल गरिसकिएको मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्