×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल लघुवित्तको खुद नाफा ९.२ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी कति ? (विस्तृत विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिभिल लघुवित्तको खुद नाफा ९.२ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी कति ? (विस्तृत विवरणसहित)

Artha Sarokar

२३ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफा १ करोड २६ लाख आर्जन गर्न सफल भएको छ। यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ९.२% ले धेरै हो ।  गत वर्ष यही अवधिमा संस्थाले १ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस्तै,संस्थाले खुद ब्याज आम्दानी ५ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४ करोड ५२ लाख रुपैयाँ रहेको थियो। यता, सञ्चालन नाफा भए घटेको छ । गत वर्ष सञ्चालन नाफा १ करोड ८२ लाख रुपैयाँ रहेकोमा यस वर्ष घटेर ९३ लाख १८ हजार रुपैयाँमा खुम्चिएको छ ।  
यो तेस्रो त्रैमाससम्ममा संस्थाले ३८ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको चुक्तापुँजीमा ११ करोड ४१ लाख रुपैयाँ रहेको छ। जगेडा कोषको आकार १३३.२५% ले बढेर ३ करोड ८४ लाख रुपैयाँ पुगेको छ। गत वर्ष जगेडा कोषमा १ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।
संस्थाको निष्क्रिय कर्जा दर १.३७% ले बढेको छ। गत वर्ष यही अवधिमा १.२९ प्रतिशत रहेको निष्क्रिय कर्जाको दर बढेर २.६६% पुगेको छ। संस्थाको प्रतिसेयर आम्दानी १४.८२ रुपैयाँ रहेको छ। पीई रेसियो भने ७०.३० गुणा रहेको छ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी