- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८८ पैसा तोकेको छ । यसैगरी, बिक्रीदर १२० रुपैयाँ ४८ पैसा रहेको छ । यता, युरो एकको खरिददर १३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५० रुपैयाँ ६६ पैसा कायम गरेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा र बिक्रीदर २८ रुपैयाँ ०३ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९ पैसा रहेको छ भने र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्