×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनमा लगातार पाँचौ दिन कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य, ब्राजिलमा ६ हजार बढीको मृत्यु

LAXMI SUNRISE BANK

चीनमा लगातार पाँचौ दिन कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य, ब्राजिलमा ६ हजार बढीको मृत्यु

२१ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चीनमा लगातार पाँचौ दिन कोरोनाभाइरसको संक्रमणबाट कसैको मृत्यु नभएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । पछिल्लो २४ घण्टामा देशमा मात्र दुई जना नयाँ कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसमध्ये एक जना बाहिरबाट आएका व्यक्तिमा संक्रमण देखिएको र अर्को उत्तरी साङ्सी प्रान्तमा स्थानीय संक्रमण रहेको बताइएको छ ।
देशमा १२ वटा लक्षण नदेखिएका केसहरु पनि फेला परेका छन् । यसअघि, चीनले लक्षण नदेखिएकाहरुलाई गणना गर्दैन थियो । हालसम्म चीनमा ८२ हजार ८७७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने यसबाट ४ हजार ६३३ जनाले ज्यान गुमाएका छन् । ७७ हजार ७१३ जना रोगमुक्त भएका छन् भने ५३१ जना उपचाररत छन् ।
उता, ब्राजिलमा भने भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दो छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भाइरसको संक्रमणबाट ४२१ जनाले ज्यान गुमाएका छन् । योसँगै ब्राजिलमा ज्यान गुमाउनेको संख्या ६ हजार ७५० पुगेको छ । त्यस्तै, त्यहाँ ४ हजार ९७० नयाँ संक्रमित फेला परेका छन् । ब्राजिलमा संक्रमितको कूल संख्या ९६ हजार ५५९ पुगेको छ ।
ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले भने भाइरसको प्रभावलाई सामान्य फ्लुको जस्तो भएको बताउँदै आएका छन् । ल्याटिन अमेरिकी देशमध्ये ब्राजिलमा सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् । विश्वभर कोरोनाभाइरसबाट ३४ लाख मानिस संक्रमित भइसकेका छन् भने २ लाख ४३ हजार बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकामा मात्र ११ लाख ३२ हजार कोरोनाभाइरस संक्रमित रहेका छन् भने ६६ हजार ३६४ जनाले ज्यान गुमाइसकेका छन् । सीएनएन
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी