×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना बीमा गर्नेको संख्या २५ हजार पुग्यो, बीमा समितिले दियो यस्तो जानकारी…

PRIME CA

कोरोना बीमा गर्नेको संख्या २५ हजार पुग्यो, बीमा समितिले दियो यस्तो जानकारी…

२१ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बीमा समितिले कोरोना बीमा पोलिसी ल्याएसंगै पछिल्लो समय यो बीमा गराउनेको संख्या ह्वात्तै बढेको छ । अहिलेसम्म २५ हजार व्यक्तिले कोरोना बीमा गरेको बीमा समितिले जनाएको छ । कोरोनाले विश्वभर माहामारीको रुप लिएपछि बीमा समितिले बढी क्षति नहुनका लागि कोरोना बीमा पोलिसी ल्याएको थियो । 
वैशाख ७ गतेदेखि शुरु भएको कोरोना बीमा अन्तर्गत हालसम्म १ करोड ३५ लाख रुपैयाँ प्रिमियम संकलन भएको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बताएका छन् । उनका अनुसार कोरोना बीमाका दुई वटै  बीमा प्रोडक्टबाट उक्त प्रिमियम संकलन भएको हो ।
कोरोनले बीमा क्षेत्रमा असर परेको उल्लेख गर्दै अध्यक्ष चापागाईले आगामी वर्षमा ठूलो असर पर्ने बताए । आइक्यानले आयोजना गरेको भिडियो कन्फ्रेन्स कार्यक्रममा बोल्दै उनले यो वर्ष जीवन बीमा २०/२२ प्रतिशत र निर्जीवन बीमा २/३ प्रतिशतले बढ्ने आँकलन गरिएको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: