×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनालाई जितेका बेलायतका प्रधानमन्त्रीले डाक्टरको नामबाट राखे छोरोको नाम

LAXMI SUNRISE BANK

कोरोनालाई जितेका बेलायतका प्रधानमन्त्रीले डाक्टरको नामबाट राखे छोरोको नाम

२१ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना भाइरसका कारण आफूले व्यहोरेको दर्दनाक अवस्था र अस्पताल उपलब्ध उपचार सेवाका बारेमा सार्वजनिक गरेका छन् । प्रधानमन्त्री जोन्सनमा गत मार्चा २६ मा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई लन्डनस्थित सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गरिएको भोलिपल्टे उनको स्वास्थ्य अवस्था निकै जटिल बनेपछि आईसीयूमा भर्ना गरिएको थियो। अहिले जोन्सन ठिक छन् । उनी काममा पनि फर्किसकेका छन् ।
सन पत्रिकासँगको अन्तर्वार्तामा प्रधानमन्त्री जोन्सनले अस्पतालाई आफूलाई जीवित राख्न चिकित्सकहरुले थुप्रै लिटर अक्सिजन दिएको बताएका छन् । ‘म अस्पतालमा केवल एउटै कुरामा मात्र सोच्थेँ कि म कहिले यहाँबाट बाहिर जाउँला ’, उनले भनेका छन् । 
अन्तर्वार्ताका क्रममा जोन्सनले यदि उपचारकै क्रममा आफ्नो अवस्था थप प्रतिकूल बनेमा के गर्ने भन्ने विषयमा चिकित्सकहरु तयारी अवस्थामा रहेको बताए । ‘यो विश्वास नै गर्न सकिने अवस्था थिएन कि केही दिनमै मेरो अवस्था निकै जटिल बन्यो’, उनले भने, ‘चिकित्सकहरुले मेरो खुबै ध्यान राखे, जसका कारण आजमा स्वस्थ छु, ठिक छु।’
सन्तानको नाम चिकित्सकको नाममा
जोन्सन पत्नी क्यारी साइमन्ड्सले भर्खरै जन्मेका आफ्ना छोराको नाम जोन्सनको उपचारमा संलग्न दुई चिकित्सकहरुकै नाम राखिएको बताइएकी छन्। उनका अनुसार छोराको नाम विल्फ्रेड लरी निकोलस जोन्सन राखिएको छ। प्रधानमन्त्री जोन्सनलाई अस्पतालबाट डिस्चार्ज भएको केही दिनमै पुत्रलाभ भएको थियो। 
सोसल मिडियामा आफ्नो छोराको तस्बिर पोस्ट गर्दै साइमन्ड्सले भनेकी छन् कि उनको छोराको मिडिल नाम निकोलस डा निक प्राइस र डा निक हार्टको नाममा राखिएको हो। यी दुवै चिकित्सकले प्रधानमन्त्री जोन्सनको ज्यान बचाएको साइमन्ड्सको भनाइ छ। 
उता प्रधानमन्त्री जोन्सनमा उपचारमा संलग्न दुवै चिकित्सकले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दम्पतीलाई धन्यावाद ज्ञापन गरेका छन्। ‘यस किसिमको सम्मान र पहिचानबाट हामी कृतज्ञ भएका छौँ’, विज्ञप्तिमा उल्लेख छ, ‘सेन्ट थोमस अस्पतालमा सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मी साथीहरुलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ।’ – एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी