×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना संक्रमण

LAXMI SUNRISE BANK

रुसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना संक्रमण

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस पोजेटिभ आएपछि उनलाई अस्पतालमा राखिएको छ । रुसी सञ्चारमाध्यमका अनुसार उनले भिडियो कलमार्फत राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका छन् ।
पुटिनले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । पुटिनले मिसुस्टिनलाई भएको संक्रमण जो कोहीलाई पनि हुन सक्ने बताए । गत जनवरीमा मिसुस्टिनलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको थियो । उनले कोरोना भाइरसको महामारी नियन्त्रणको लागि निकै सक्रियतापूर्वक काम गर्दै आएका थिएन । राष्ट्रपति पुटिनले पनि उनले महामारी नियन्त्रणको लागि गरेको कामको तारिफ गरेका छन् ।
अहिलेसम्म जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म रुसमा एक लाख ६ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । साथै एक हजार ७३ जनाको यो भाइरसको कारण मृत्यु भइसकेको छ । -बीबीसी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी