- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – शुक्रबार अमेरिकी डलरको भाउ फेरी घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८८ पैसा तोकेको छ । यसैगरी, बिक्रीदर १२० रुपैयाँ ४८ पैसा रहेको छ । बिहिबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८१ पैसा र बिक्रीदर १२१ रुपैयाँ ४१ पैसा रहेको छ । यता, युरो एकको खरिददर १३० रुपैयाँ ४१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ०६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १५० रुपैयाँ ५१ पैसा कायम गरेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८२ पैसा र बिक्रीदर २७ रुपैयाँ ९६ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०९ पैसा रहेको छ भने र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्