×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन असर : वीरगञ्ज भन्सारमा थन्किए ८०० आयातित गाडी

LAXMI SUNRISE BANK

लकडाउन असर : वीरगञ्ज भन्सारमा थन्किए ८०० आयातित गाडी

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । लकडाउनका कारण वीरगञ्ज नाकामा ८०० भन्दा बढी नयाँ गाडी थन्किएका छन् । लकडाउनमा आयातकर्ता गाडी छुटाउन नआएपछि आयातित गाडी भन्सारमै रोकिएका हुन् । वीरगञ्जका इनर्वा नाकामा ५०३ ओटा गाडीको जाँजपास हुन नसकेको भन्सारले बताएको छ । एकीकृत जाँच चौकी (आईसीपी) मा ३०० ओटा गाडी रोकिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाले बताए । 
लकडाउनको समयमा भन्सारले सबै प्रकारका आयातित बस्तु जाँचपास गरिरहेको छ तर आयातकर्ता नै गाडी छुटाउन नआएपछि ठूलो संख्यामा आयातित गाडी रोकिएको भन्सारमै रोकिएका हुन् । लकडाउनको समयमा आवागमनमा कठिनाइ र वित्तीय समस्याका कारण आयातकर्ताले गाडी छुटाउन आलटाल गरेको बताइएको छ । भन्सारले नाकामा आइसकेका गाडी लैजान आयातकर्तालाई सूचित गरेको निरौलाले बताए । 
भन्सारको सूचनापछि किया र महिन्द्रा कम्पनीका आधिकारिक आयातकर्ताले गाडी छुटाउन चासो देखाएका छन् । उनीहरूले भारतको सीमावर्ती शहर रक्सौलमा राखिएका गाडीसमेत छुटाउन चाहेको भन्सारले बताएको छ । आयातकर्ताले रक्सौलका गोदाममा समेत गाडी राख्ने गरेका छन् । भन्सारमा रोकिएकामध्ये अधिकांश लकडाउन अगावै भित्रिएका गाडी हुन् ।भारत र तेस्रो मुलुकबाट आयात भएका गाडी आयातकर्ताले भन्सारमै छोडेका छन् । अहिले गाडीको माग नभएकाले आयातकर्ताले गाडीको जाँचपासमा चासो देखाएका छैनन् । 
सामान्य अवस्थामा पनि आयातकर्ताले भन्सारसम्म ल्याइएका गाडी ग्राहकले बुक गरेपछिमात्रै छुटाउने गरेका छन् । भन्सारमा आएलगत्तै छुटाउँदा राजस्वमा लाग्ने ब्याज र गोदामको खर्च जोगाउन आयातकर्ताले भन्सारमै गाडी छोड्ने गरेको भन्सार कार्यालयका कर्मचारी बताउँछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी