×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकाकाे दाबी- ‘इबोलाको औषधि काेराेनाका बिरामीलाई प्रभावकारी’

LAXMI SUNRISE BANK

अमेरिकाकाे दाबी- ‘इबोलाको औषधि काेराेनाका बिरामीलाई प्रभावकारी’

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – अहिले प्रचलनमा भएको एउटा औषधिमा कोरोनाभाइरस सङ्क्रमणबाट निको पार्ने क्षमता भएको स्पष्ट आधार पाइएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
विश्वभरि अस्पतालहरूमा रेम्डेसिभिर नामक औषधिको प्रयोग गर्दा बिरामीमा कोरोनाभाइरस सङ्क्रमण भएपछि विकसित भएका लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको दाबी गरिएको छ ।
यसबारे पूर्ण विवरण प्रकाशित भएको छैन । विज्ञहरूले यो कुरा पुष्टि भए उत्साहजनक हुने तर कोभिड-१९ का लागि यो अचुक अाैषधि चाहिँ नहुने बताएका छन् ।
यसले मानिसहरूको जीवन जोगाउने, अस्पतालहरूमा चाप कम गर्ने र लकडाउन खुकुलो पार्न सहयोग गर्ने सम्भावना रहने दावी गरिएकाे छ ।
इबोलाको उपचारको लागि रेम्डेसिभिर विकसित गरिएको थियो । यो एन्टीभाइरल औषधि हो र यसले शरीरमा भाइरसलाई बढ्न चाहिने एन्जाइमलाई निष्क्रिय बनाउँछ ।
अध्ययनले के देखायो ?
यो अध्ययन यूएस न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले गरेको र त्यसमा १,०६३ जनाले भाग लिएको बताइएको छ । तीमध्ये केहीलाई सो औषधि दिइएको र अन्यलाई नदिकनै उपचार गरिएको बताइएको छ ।
इन्स्टिट्यूटका प्रमुख डा. एन्थोनी फाउची भन्छन्, “तथ्याङ्कले रेम्डेसिभिरले निको हुने समय घटाउने स्पष्ट, महत्त्वपूर्ण र सकारात्मक असर पारेको देखाएको छ ।”
यो परिणामले औषधिले भाइरसलाई रोक्न सक्ने देखाएको र कोभिड-१९ को उपचार गर्न सकिने ढोका खोलेको उनले बताए ।
मृत्युको सम्बन्धमा औषधिले कस्तो असर पार्छ भन्ने स्पष्ट छैन ।
यो औषधि दिइएका व्यक्तिमा मृत्युदर आठ प्रतिशत र नदिइएकोमा ११.६ प्रतिशत रहेको बताइए पनि यो परिणाम तथ्याङ्कको आधारमा महत्त्वपूर्ण नरहेको बताइएको छ ।- एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी