×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना सन्त्रास: मानिसहरुले खाद्यान्नको मौज्दात बढाउन थाले

LAXMI SUNRISE BANK

कोरोना सन्त्रास: मानिसहरुले खाद्यान्नको मौज्दात बढाउन थाले

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
लम्की । कोरोना सन्त्रासका कारण मानिसहरुले खाद्यान्नको मौज्दात बढाउन थालेका छन् । यस वर्ष नागरिकले अघिल्ला वर्षभन्दा दोब्बर खाद्यान्न भण्डारण गरेको बताएका छन् । लकडाउनका कारण नेपालमा खाद्य सङ्कट हुनसक्छ भन्दै आवश्यकताभन्दा बढी खाद्यान्न भण्डारण गरेको उनीहरूले बताएका छन् । यसबाट विगतका वर्षको तुलनामा खाद्यान्न बिक्रीसमेत घट्ने देखिएको छ ।
टीकापुरका परमभक्त देवकोटा अघिल्ला वर्षहरुमा तीन क्विन्टलसम्म गहुँ खरिद गर्थे । “यस वर्ष ६ क्विन्टल गहुँ खरिद गरेको छु’’, देवकोटाले भने, ‘‘कोरोना भाइरस सङ्क्रमणका कारण मुलुक लकडाउन भएको छ । कहिले खुल्छ ठेगान छैन । खाद्यान्न अभाव हुन सक्छ भनेर बढी खरिद गरेका हौँ ।” नागरिकले आफू र आफ्ना परिवारको खाद्य सुरक्षाका लागि आवश्यकताभन्दा बढी खाद्यान्न भण्डारण गर्न थालेका हुन् ।
टीकापुर, शङ्करपुरकी रेखादेवी विकले पनि यस वर्ष विगतका वर्षभन्दा बढी खाद्यान्न भण्डारण गरेकी छिन् । “पचास किलो मसुरो, दुई क्विन्टल गहुँ भए पुग्थ्यो”, रेखादेवीले भने, “परिवारमा सल्लाह गर्यौ, अभाव हुन सक्छ भनेर बढी भण्डारण गर्ने सल्लाह भयो ।” रेखादेवीले चार क्विन्टल गहुँ र डेढ क्विन्टल मसुरो किनिन् । उनले घरमा आवश्यक चामललगायतका अन्य खाद्यान्न पनि वर्षभरिलाई पुग्ने गरी जोहो गरिसकेको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी