×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : भारतमा ज्यान जानेको संख्या १ हजार ७४ पुग्यो, दिनमै ६७ जनाको मृत्यु

LAXMI SUNRISE BANK

कोरोना अपडेट : भारतमा ज्यान जानेको संख्या १ हजार ७४ पुग्यो, दिनमै ६७ जनाको मृत्यु

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बीरगञ्जमा थप ३ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ५७ पुग्यो
काठमाडौँ – भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ७४ पुगेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ६७ रहेको छ । साथै एक हजार ७१८ जना नयाँ संक्रमित फेला परेको छ । यो समेत गरेर गरेर भारतमा संक्रमित संख्या ३३ हजार ५० पुगेको छ 
भारतमा देखिएका यी संंक्रमितहरूमध्ये ८ हजार ३२४ जना भने उपचारपछि निको भएर फर्किएका छन् भने २३ हजार ६५१ विरामी अस्पतालमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्य महाराष्ट्रमा संक्रमितहरूको संख्या ९ हजार ९१५ जना पुगेको छ । महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको र यहाँ ४ हजार ८२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । 
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार दिल्लीमा ३ हजार ४३९ कोरोना भाइरस सक्रमित रहेका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । 
भारतको राजस्थान, मध्यप्रदेश, तमिलनाडू, उत्तरप्रदेश, केरला राज्यमा उच्च संक्रमित रहेका र कैयौको ज्यान गएको छ । भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको लकडाउनलाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ । 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए । – एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी