
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बीमा समितिले वाणिज्य बैंक र विकास बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । समितिले आज एक सूचना जारी गर्दै इच्छुक वाणिज्य बैंक र विकास बैंकहरुले शिलबन्दी प्रस्ताव बुझाउन आह्वान गरेको हो ।
समितिद्वारा सूचनामा इच्छुक बैंकले अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत ३ वर्षको नाफा/नोक्सान, बैंकको निष्कृय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, स्थापना भएको वर्ष र पूँजी पर्याप्तता कोषलगाएका जानकारी खुलाउनुपर्ने समितिमा पेस गर्नुपर्ने उल्लेख छ ।
इच्छुक बैंकहरुले ७ दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्नुपर्नेछ । यद्यपि समितिले मुद्दती निक्षेपमा लगानी गर्न चाहेको रकम भने सूचनामा उल्लेख गरेको छैन ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्