×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अमेरिकाले अब एकदिनमा ५० लाख व्यक्तिको कोरोना परीक्षण गर्छ’ : ट्रम्प

LAXMI SUNRISE BANK

‘अमेरिकाले अब एकदिनमा ५० लाख व्यक्तिको कोरोना परीक्षण गर्छ’ : ट्रम्प

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या संसारकै धेरै हुनुमा दुई कारण बताइएको छ । एक त त्यहाँ जनसंख्या धेरै भएको बताइएको छ भने अर्को कारणमा त्यहाँ अत्यधिक मात्रामा परीक्षण गरिएको बताइएको छ ।
कोभिड ट्र्याकिङ प्रोजेक्टका अनुसार अमेरिकामा पछिल्लो दुई महिनामा ५७ लाख परीक्षण गरिएको छ । यो आँकडा सुन्दा त धेरै लाग्छ तर साइन्सको अनलाइन प्रकाशन आवर वर्ल्ड इन डेटाका अनुसार अमेरिकामा प्रति हजार व्यक्तिमा १६.३ परीक्षण भएको छ जुन इटलीभन्दा कम हो । इटलीमा प्रति हजार व्यक्तिमाथि ३०.६ परीक्षण भएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका चाँडै नै एक दिनमा पचास लाख परीक्षण गर्न सक्षम हुने बताइएको छ । उनले भने, ‘हामी चाँड नै त्यहाँ पुग्न लागेका छौं ।’
रिपोर्टका अनुसार अमेरिकामा हाल दुई लाख परीक्षण भइरहेको छ । अमेरिकामा कसको परीक्षण गरिएको छ र कसको छैन भनेर स्पष्ट जानकारी प्राप्त छैन । तर सिमित संख्यामा परीक्षण भइरहेको अर्थ यो हो कि अति आवश्यक भएका व्यक्तिहरुका लागि मात्रै परीक्षण गरिएको अनुमान गर्न सकिन्छ । यसमा अस्पतालमा भर्ना बिरामी, स्वास्थ्यकर्मी र जेल वा केयर होमजस्ता स्थानमा समूहमा बस्ने व्यक्ति समावेश छन् । -एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी