×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री ओलीद्वारा संसद बैठक कक्ष अवलोकन

LAXMI SUNRISE BANK

प्रधानमन्त्री ओलीद्वारा संसद बैठक कक्ष अवलोकन

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठक कक्ष अवलोकन गरेका छन् । बुधबार बिहान संसद भवन पुगेर प्रधानमन्त्री ओलीले बैठक कक्ष अवलोकन गरेका हुन् ।
कोरोना भाइरसका कारण सामाजिक दुरी कायम गरेर बैठक बसाल्ने तयारी संसद सचिवालयले गरेको छ । साथै भिडियो कन्फ्रेन्सबाट पनि बैठक बसाल्न सकिने राय सचिवालयले गठन गरेको कार्यदलले सुझाव दिएको छ ।आउँदो १५ जेठमा बजेट ल्याउनुपर्ने व्यवस्था संविधानमा छ । 
लकडाउनका कारण समय कम भएकाले छिटो अधिवेशन आह्वान गर्नुपर्ने दबाबमा सरकार छ । बजेट अधिवेशन आह्वानका विषयमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच छलफलसमेत भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी