
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक साँझ ५ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । सचिवालय बैठक मंगलबार नै बस्ने भनिता सो दिन अध्यक्षद्वय ओली र प्रचण्डबीच अलग्गै छलफल भएपछि बुधबार सचिवालय बैठक बस्ने तय भएको हो ।
पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश एकाएक जारी गरेपछि प्रधानमन्त्री ओलीको पार्टीभित्र र बाहिरबाट यति बेला चर्को आलोचना भइरहेको छ । चौतर्फी विरोधपछि केहि दिन अघि अध्यादेश खारेज भइसकेको छ । तर, अध्यादेशको औचित्यबारे छलफल गर्न प्रचण्ड र माधव नेपाल पक्षले सचिवालय बैठक बोलाउन माग गर्दै आएका थिए ।
यता बुधबारको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति पनि तय गरिने बुझिएको छ । सचिवालय बैठकमा समसामयिक राजनीति र स्थायी कमिटी बैठकको विषयमा छलफल हुने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्