- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले खुद नाफा २६.८७% ले बढाएर १७ करोड १ लाख २२ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरण अनुसार कम्पनीको खुद बिमा शुल्क र बिमा कोषको आकार पनि बढेको छ । बिमा कोषको आकार ३९.०५% ले बढेर ५० करोड ७१ लाख ६० हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क पनि ३५.२७% ले बढेर ५८ करोड १८ लाख ५७ हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४ पैसाले बढेर १९ रुपैयाँ ७२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ०१ पैसा छ ।