
- अर्थ सरोकार सम्बाददाता
रौतहट । मंगलबार दुई जना कोरोना संक्रमित भेटिएसँगै स्थानीय प्रशासनले रौतहटका दुई गाउँ सिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले रौतहटको वृन्दावन नगरपालिका वडा नं ९ भुसाहा गाउँ र देवाही गोनाही नगरपालिकाक १ को नहरटोललाई चार किल्ला तोकेर मानिस आउन र जान प्रतिबन्ध लगाएको हो ।
भुसाहाको दक्षिणमा भीम डावर गाउँ, उत्तरमा आकरपाथर गाउँ, पश्चिममा बहुअरि र बरगजवा गाउँ र पूर्वमा विर्ता गाउँ चारकिल्ला तोकी सिल गरिएको छ । यस्तै नहरटोलमा पूर्वमा कन्जुल मस्जिद, पश्चिममा लालबकैया नदीको नहर दक्षिणमा नहर र उत्तरमा खसरहिया गाउँ चारकिल्ला तोकी इलाका सिल गरिएको छ ।
सिल गरिएको इलाकामा मानिस आउन र जान पाइने छैन । प्रवेश गरेमा कानून अनुसार कारबाही गर्ने प्रशासन कार्यालयले सूचना निकालेर जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्