×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुन: अष्ट्रेलिया जाँदै नेपाल एयरलाइन्सको वाइडबडी जहाज, नेपाल फर्किन चाहनेलाई सम्पर्क गर्न आग्रह

LAXMI SUNRISE BANK

पुन: अष्ट्रेलिया जाँदै नेपाल एयरलाइन्सको वाइडबडी जहाज, नेपाल फर्किन चाहनेलाई सम्पर्क गर्न आग्रह

१६ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपालमा रहेका अष्ट्रेलियाका नागरिक लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज फेरि अष्ट्रेलिया जाने भएको छ । काठमाडौंस्थित अष्ट्रेलियन दुतावासको पहलमा नेपाल एयरलाइन्सको जहाज जाने अष्ट्रेलियाका लागि उडान भर्ने भएको हो । दुतावासले मे ६ मा जहाज काठमाडौंबाट जाने भएकाले स्वदेश फर्किन चाहनेले सम्पर्क गर्न सार्वजनिक आव्हान गरेको छ।
यसअघि अप्रिल १ मा पनि नेपाल एयरलाइन्सकै जहाज चार्टर गरेर अष्ट्रेलियाले आफ्ना नागरिक फिर्ता लिएको थियो । नेपाल सरकारले लकडाउन थप गरेपछि बाँकी रहेका आफ्ना नागरिकलाई फिर्ता लिन लागिएको दुतावासले जानकारी दिएको छ। अष्ट्रेलियाले अप्रिल १ पछि पनि कतार एयरवेजको उडानबाट आफ्ना केही नागरिक लिएको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी