काठमाडौँ – अनलाइन सपिङ स्टोर दराजले देशैभर ‘दराज बिक्रेता सहयात्री’ कार्यक्रम सुरु गरेको छ । नेपालमा कोरोना भाइरसको प्रकोपले अर्थतन्त्रलाई पुर्याएको कुल क्षति कम गर्न एसएमई क्षेत्रलाई पुनर्जीवित गर्न आवश्यक छ । यो प्रयासमा योगदान पुर्याउन यो कार्यक्रम सुरु गरिएको दराजले जनाएको छ ।
यस कार्यक्रममार्फत देशभरिका व्यवसायीहरूलाई आफ्नो ‘डिजिटल प्ल्याटफर्म’ मार्फत व्यवसाय विस्तार तथा सञ्चालन गर्न आमन्त्रित गरिरहेको दराजले जनाएको छ। कार्यक्रमअन्तर्गत दाराजले साना र मध्यम उद्यमहरूबाट कुनै पनि बजार शुल्क नलिने र कम समयमै दराजमा अनलाइन पसल स्थापना गरिदिने आश्वासन दिएको छ ।
यसका साथै बिक्रेताहरुलाई दराज युनिभर्सिटीमार्फत ई–कमर्स सञ्चालन सम्बन्धित शिक्षा तथा तालिम निःशुल्क दिइने पनि बताइएको छ । यस कार्यक्रमअन्तर्गत स्थानिय रुपमा कूल रु ५५ लाख आर्थीक सहायता समावेश छ।
कार्यक्रम अन्तर्गत दाराजले साना र मध्यम उद्यमहरूलाई २०२० को मे र जून महिनाका लागी कुनै पनि बजार शुल्क नलिने र कम समयमै दराजमा अनलाइन पसल स्थापना गरिदिने आश्वासन दिएको छ। यसकासाथै बिक्रेताहरुलाई आफ्नो अनलाईन व्यवसायबाट पूर्ण लाभ उठाउन दराज युनिभर्सिटी मार्फत ई-कमर्स सञ्चालन सम्बन्धित शिक्षा तथा तालिम नि:शुल्क दिइनेछ। यति मात्र नभई बिक्रेताहरुलाई दराजमा अनलाइन पसल स्थापना तथा सञ्चालनमा सहयोग पुर्याउन आफ्नो अनुभवी स्टाफ तथा विज्ञहरुको साथ पनि दिइनेछ। दराजले एसएमई क्षेत्रलाई पुनर्जीवीत गर्ने उद्देश्यका साथ आफू कार्यरत सबै देशहरूमा यस कार्यक्रम लागू गरेको छ र करीब आधा मिलियन डलरको अनुदान उपलब्ध गराउँदै छ।
यस कार्यक्रम भित्र रहेका अन्य विशेषताहरु
● ३० जून, २०२० सम्म सबै दराज विक्रेताहरुलाई साप्ताहिक भुक्तानी
● सबै एसएमई विक्रेताको लागि दराज एपमा उच्च दृश्यता र प्रचार
● कार्यक्षमता सुधार गर्न विश्लेषणात्मक अनलाइन उपकरण निःशुल्क दिइने
● नयाँ विक्रेताहरूलाई अनलाइन पसल स्थापना तथा सञ्चालनमा पूर्ण सहयोग
सहयात्री कार्यक्रम मार्फत हजारौं एसएमईहरुले ईवाणिज्यमा बढेको उच्च गतिविधिको उपयोग गरी देशभरिका लाखौं दराज ग्राहकसमक्ष पुगी व्यवसाय अघि बढाउन सक्ने कुरामा दराज विश्वस्त छ। दराजले व्यवसायलाई अनलाइन लान चाहाने सबै विक्रेताहरुलाई दराजलाई सम्पर्क गर्न वा दराज विक्रेता वेबसाइटमा गई दर्ता गर्न प्रोत्साहित गरेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्