×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनकपुरमा नेगेटिभ देखिएका बिरामीको रिपोर्ट टेकुमा पोजेटिभ देखियो, पीसिआर परीक्षण स्थगित

LAXMI SUNRISE BANK

जनकपुरमा नेगेटिभ देखिएका बिरामीको रिपोर्ट टेकुमा पोजेटिभ देखियो, पीसिआर परीक्षण स्थगित

१६ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । रौतहटमा दुई जना व्यक्तिको काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल गौरका अधिकृत महेश साहका अनुसार दुई जना पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

लकडाउनपछि चोर बाटो हुँदै नेपाल प्रवेश गरेका दुवैको स्वाबको नमूना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । त्यहाँ नतिजा नेगेटभ देखाइए पनि आशंका लागेर पुनः परीक्षणका लागि काठमाडौँ पठाउँदा उनीहरुको नतिजा पाजेटिभ देखाएको साहले जानकारी दिए ।
अस्पतालका अनुसार देवाही बोनाही नगरपालिका वडा–१ का ३५ वर्षीय पुरुष कोलकाताबाट लकडाउनपछि चोरबाटो हुँदै नेपाल आएका थिए । जनकपुरमा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर जान दिइएको थियो । अहिले काठमाडौँमा गरिएको पीसीआर परीक्षणमा नतिजा पोजेटिभ आएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी सुरु गरिएको छ ।
त्यस्तै, वृन्दाबन नगरपालिका वडा नम्बर–९ का २४ वर्षीय पुरुषमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । उनी पनि लकडाउनपछि भारतबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेका थिए । उनलाई भने चन्द्रपुरस्थित क्वारेन्टाइनमा राखिएको थियो ।
जनकपुरमा नेगेटिभ देखिएका रिपोर्ट टेकुमा पोजेटिभ देखियो
यसअघि पनि प्रादेशिक अस्पताल जनकपुरमा पीसीआर परीक्षण गर्दा गलत नतिजा देखाएको थियो । सर्लाहीका १४ वर्षीय एक किशोरमा पीसिआर चेकजाँच गर्ने क्रममा मेसिनले गलत रिपोर्ट दिएको थियो । उक्त घटनापछि प्रादेशिक अस्पताल जनकपुरमा गरिँदै आएको स्वाब परीक्षणको कार्य स्थगित गरिएको थियो । योभन्दा अगाडि रौतहटमा एक जना संक्रमित फेला परेका थिए । उनी निको भएर घर फर्किसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी