×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीमा कोरोना संक्रमण नियन्त्रण बाहिर, बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण सेवा बन्द, एटिएम भने सुचारु हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कैलालीमा कोरोना संक्रमण नियन्त्रण बाहिर, बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण सेवा बन्द, एटिएम भने सुचारु हुने

Artha Sarokar

२८ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । कैलाली जिल्लामा कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि बैंक तथा वित्तीय संस्थाका सबै सम्पूर्ण सेवा बन्द गरिने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले सरकारी कारोबारबाहेक बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । 
यद्यपि बैंक तथा वित्तीय संस्थाहरुका एटीएम तथा विद्युतीय प्रणालीबाट प्रवाह हुने सेवा भने सुचारु नै हुनेछन् । प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवाका कर्मचारीहरुले कार्यालयले जारी गरेको परिचय–पत्रको आधारमा आवतजावत गर्न सक्ने बताए । कैलालीमा जारी निषेधाज्ञा जेठ ६ गतेसम्मको लागि लम्ब्याइएको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी