Skip to content
LAXMI SUNRISE BANK

कोरोना भाइरस अपडेट : अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार नाघ्यो, संक्रमितको संख्या १० लाख नजिक

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ हजार नाघेको छ । । वल्डोमिटरको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ५५ हजार ४१५ जनाले ज्यान गुमाएक छन् । संक्रमितको संख्या ९ लाख ८७ हजार ३२२ पुगेको छ । १ लाख १८ हजार ७८१ जना निको भइसकेका छन् । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकाको न्युयोर्क बनेको छ ।
यस्तै वल्डोमिटरका अनुसार अहिलेसम्म इटालीमा मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ भने स्पेनमा २३ हजार नाघेको छ । फ्रान्समा पनि मृत्यु हुनेको संख्या २३ हजार नजिक छ । बेलायतमा अहिले सम्म २० हजार बढीको ज्यान गइसकेको छ । विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ७ हजार नाघेको छ । संक्रमण हुनेको संख्या पनि साढे ३० लाख नजिक छ । अहिलेसम्म विश्वभर २९ लाख ९५ हजार १५२जना कोरोना संक्रमित भएका छन् । सङ्क्रमितमध्ये ८ लख ८१ हजार ५१० जना भने उपचारपछि घर फर्किएका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK