- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बीमा समितिले कोरोनाको बिमालेख जारी गरेसँगै कोरोनाको बीमा गराउनेको संख्या बढेको छ ।बीमा समितिका अनुसार कोरोना भइरसको बीमालख सुरु भएको ५ दिनमा ७ हजार ४९९ ले बीमा गरेको छन् ।
२० वटा निर्जीबन बीमा कम्पनीले कोरोना बिमा पोलिसी बिक्री गरिरहेका छन् । जसमा कम्पनीहरुले उक्त बिमा वापतको ४१ लाख ७३ हजार ४ सय रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन् । यो अवधिमा ४ सय ७४ वटा पोलिसी बिक्री भएको छ ।
बीमा समितिले नै ८० जना कर्मचारीको बीमा गराइसकेको छ भने अस्पताल तथा कर्पोरेट हाउसहरुले यो बिमा बढी गरिरहेका छन् । विश्वभर कोरोना भाइरसले महामारीको रुप लिएको हुँदा त्यसलाई मध्येनजर गरी बिमा समितिले बढी क्षति नहोस भन्दै कोरोना बिमा पोलिसी जारी गरेको थियो ।