- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज – वीरगञ्जमा लगातार ३ पटक गरिएको र्यापिड (आरडिटी) टेस्टको रिपोर्ट पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आइतबार बिहान मृत्यु भएको हो ।
ब्लड क्यान्सरले ग्रसीत उनको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो । उनको शव अहिले नारायणी अस्पतालमै नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
उनको मृत्युको कारण यकिन गर्न स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा आइतबार बिहान पठाइएको उपाध्यायले बताए । उनलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएको थियो । त्यसपछि उनलाई अभिभावकले नेशनल मेडिकल कलेजमा पुर्याएका थिए । तर, उक्त मेडिकलले बेड खाली नरहेको भन्दै फकाइयो । त्यसपछि युवतीलाई एडभान्स हस्प्टिलमा लगियो । एडभान्स हस्पिटलले पनि आइसीयू बेड खाली नभएको जवाफ दिएपछि अभिभावकले युवतीलाई तराई हस्पिटलमा पुर्याएका थिए । शनिबार तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि अर्को पटक पनि रिपोर्ट पोजेटिभ आएको थियो ।
लगातार तराई हस्प्टिलमा आरडिटी रिपोर्ट पोजेटिभ आएपछि शनिबार राति नारायणी अस्पतालबाट गएका स्वास्थ्यकर्मीको टोलीले पनि युवतीको आरडिटी टेष्ट गरेको थियो । तेश्रो पटकको टेष्ट रिपोर्ट पनि पोजिटिभ आएपछि युवतीलाई तराई हस्पिटलबाट नारायणी अस्पताल लैजाने क्रममा आइतबार राती १ बजे मृत्यु भएको हो ।