×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई दिनको सामान्य करेक्सनपछि ओकालो यात्रामा नेप्से, २७.४१ अंकले बजार बढ्दा १३ वटै समुहमा हरियाली

PRIME CA

दुई दिनको सामान्य करेक्सनपछि ओकालो यात्रामा नेप्से, २७.४१ अंकले बजार बढ्दा १३ वटै समुहमा हरियाली

२७ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ । आइतबारको तुलनमा नेप्से २७.४१ अंकले बढेर २६४५.८४ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१८ कम्पनीको ७५ लाख ७९ हजार ३ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब २० करोडमाथिको कारोबार भएको छ । आइतबार नेप्से १८.५६ अंकले घटेको थियो । 
आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमाको भएको छ । यस कम्पनीको २७ करोडमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: अपर तामाकोशी र हाइड्रोइलेट्रिसिटि इन्भेष्टमेन्टको भएको छ । आज सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने बिशाल बजारका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: