
- अर्थ सरोकार सम्बाददाता
जनकपुर – प्रादेशिक अस्पताल जनकपुरमा पीसीआर नमुना परिक्षण नहुने भएको छ। पीसीआर प्रयोगशालाको रिपोर्टमा शंका उपशंका उत्पन्न भएपछि तत्कालका लागि प्रयोगशाला बन्द गरिएको हो ।
गत बिहीबार एक युवकको जनकपुरमा दुई पटक गरिएको स्वाब परीक्षणमा नेगेटिभ देखाए पनि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पोजिटिभ रिपोर्ट आएपछि परीक्षण बन्द गरिएको हो ।
सर्लाहीको धनकौलका किशोर गत वैशाख ५ गते प्रादेशिक अस्पताल जनकपुरधाममा पीसीआर टेस्ट गराउँदा नेगेटिभ रिपोर्ट आएको थियो । त्यसपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो। तर बिहिबार पुन जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ रिपोर्ट आएको थियो।
जनकपुरमा गत चैत २१ गतेदेखि पीसीआरमार्फत परीक्षण शुरु भएको थियो । हालसम्म गरिएको सबै परीक्षणको रिपोर्ट नेगेटिभ आएको हस्पिटलले जनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्