×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : भारतमा ज्यान गुमाउनेको संख्या ७१४ पुग्यो, कति पुगे संक्रमित ?

LAXMI SUNRISE BANK

कोरोना अपडेट : भारतमा ज्यान गुमाउनेको संख्या ७१४ पुग्यो, कति पुगे संक्रमित ?

१२ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

थप एक जनामा कोरोना संक्रमणको पुष्टि, कुल संक्रमित संख्या ४८ पुग्यो !
  • अर्थ सरोकार सम्बाददाता
नयाँ दिल्ली – भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७१४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाको कारण ३७ जना मृत्यु भएको छ । साथै, भारतमा थप एक हजार ६४८ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जारी गरेको तथ्यांकअनुसार भारतमा संक्रमितहरूको संख्या २३ हजार ७७ जना पुगेको छ। 
भारतमा देखिएका यी संक्रमितहरूमध्ये ४ हजार ७४९ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १७ हजार ६१० कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।
कोरोना संक्रमणबाट भारतको महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको राज्य रहेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ६ हजार ४३० जना पुगेको छ भने २८३ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये ८४० जना भने निको भएका छन् ।
महाराष्ट्रपछि दिल्ली र गुजरातमा यस भाइरसको संक्रमण उच्च मात्रामा देखिएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार दिल्लीमा २ हजार ३७६ सक्रमित रहेका छन् । संक्रमित मध्ये ८०८ जना निको भएका छन् भने ५० जनाको भने मृत्यु भएको छ । गुजरातमा २ हजार ६२४ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये ११२ को ज्यान गएको छ । यसैबीच २५८ जना उपचारपछि घर फर्किएका समाचारमा जनाइएको छ ।
भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको राजस्थान, तामिलनाडू, मध्यप्रदेश र केरला राज्यमा उच्च संख्या कोरोना संक्रमित रहेका जनाइएको छ । भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी