×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन्त्रास फैलिरहेका बेला थर्मोमिटरमा ब्यापक कालोबजारी, ६ हजारको थर्मोमिटर १० हजारमा बेच्नेलाई लगाइयो जरिवाना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सन्त्रास फैलिरहेका बेला थर्मोमिटरमा ब्यापक कालोबजारी, ६ हजारको थर्मोमिटर १० हजारमा बेच्नेलाई लगाइयो जरिवाना

Artha Sarokar

११ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बाँके – तापक्रम मापन गर्ने यन्त्र इन्फ्रारेड थर्मोमिटर कालो बजारी गर्ने नेपालगञ्जको एक औषधि पसललाई दुई लाख जरिवाना गरिएको छ । ६ हजारमा खरिद गरेको थर्मोमिटरलाई १० हजारसम्ममा बिक्री गरेको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले धम्बोझीस्थित लाइफ केयर सर्जिकल औषधि पसललाई कारबाही गरिएको हो ।
लाइफ केयरले ६६ प्रतिशतसम्म मुनाफा लिएर बिक्री गरेको पाइएपछि बुधबार कारबाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्णप्रसाद पौड्यालले जानकारी दिए । उनका अनुसार अनुगमन टोलीले उक्त औषधि पसललाई खरिद मूल्यमा अधिकतम २० प्रतिशतभन्दा बढी मुनाफा नलिइ बिक्री गर्न र औषधि ब्यवस्था विभागले सिफारिश गरेको मूल्यभन्दा बढीमा स्यानिटाइजर बिक्री नगर्न आदेश दिएको छ । समितिले बुधबार नै नेपालगञ्जका अरु तीन औषधि पसलमा पनि अनुगमन गरेको थियो ।
संयुक्त बजार अनुगमन टोलीले यसअघि औषधिमा कालोबजारी गरेका अभियोगमा नेपालगञ्जको हिल्स मेडी सप्लायर्सलाई दुई लाख र कमला मेडिसिनलाई रु ५० हजार जरिवाना गरिसकेको छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी