- अर्थ सरोकार सम्बाददाता
अछाम । अछाममा एक युवतीमा आरडीटी माध्यमबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ ।जिल्लाको वान्नीगढी गाँउपालिका वडा नं ३ मा स्थापना गरिएको क्वारेन्टाइनमा बसेका ६ जनाको आरडीटी परीक्षण गर्दा १ युवतीमा मात्र पोजेटिभ देखिएको हो ।
वान्नीगढी गाँउपालिका वडा नम्बर ३ बस्ने २० वर्षीया उनि काठमाडौँबाट अछाम गएको बताइको छ । अन्य ५ जना भने डडेल्धुराबाट गएको बताइएको छ । उनको स्वाव संकलन गरी थप परीक्षणका लागि धनगढी पठाइने भएको छ । अन्य ५ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार मैत्री नेपालमा १२ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । कुल संख्या भने ४२ पुगेको छ ।