
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं – बाराकाे कलैया उपमहानगरपालिकाका दुई जना वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेका छन् । जनतालाई कुहिएकाे दाल बाँडेको आरोपमा प्रहरीले दुई जना वडाध्यक्षलाई पक्राउ गरेको हो । कलैया उपमहानगरपालिका वडा– १ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारीले कुहिएकाे दाल बाँडेका हुन् ।
कलैया उपमहानगरपालिका वडा– १ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई आइतवार पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अहिले जनप्रतिनिधि र कर्मचारी सहित ५ जना नियन्त्रणमा छन् । यस विषयमा अनुसन्धान भइरहेकाे बताइएकाे छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्