×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्याङ्जामा पाँच सय ३४ जनाको कोरोना परीक्षण, कस्तो आयो रिपोर्ट ?

LAXMI SUNRISE BANK

स्याङ्जामा पाँच सय ३४ जनाको कोरोना परीक्षण, कस्तो आयो रिपोर्ट ?

४ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
स्याङ्जा – स्याङ्जामा पहिलो चरणकोे कोरोना भाइरस (कोभिड १९) को नमुना परीक्षण बुधवार सम्पन्न भएको छ । स्याङ्जाका ११ वटै नगरपालिकामा पुगेर पाँच सय ३४ जनाको कोरोनाको नमुना सङ्कलन गरिएको छ ।उक्त संकलन गरिएको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट बुधबार चापाकोट, गल्याङ र वालिङ नगरपालिकामा गरी एक सय २३ जनामा गरिएको परीक्षणको नतिजा पनि नेगेटिभ देखिएको छ । यो नतिजासँगै स्याङ्जामा पहिलो चरणको कोरोना भाइरसको नमुना परीक्षणको काम सकिएको र बिहीबारदेखि दोस्रो चरणका अन्य कार्यहरु अघि बढाइने भएको छ ।
पहिलो चरणमा स्वतस्फूर्त रुपमा नमुना परीक्षणमा नआउनेलाई दोस्रो चरणमा घरघरमा पुगेर खोजी गरिने प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जानकारी दिनुभयो । स्याङ्जामा यसअघि ६ सय २४ जना विदेशबाट आएको विवरण सार्वजनिक भएको थियो । उनीहरु सबैको दोस्रो चरणमा खोजी गरिने प्रशासनको भनाइ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी