×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शनिबारसम्म प्रदेश २ मा ३६३ व्यक्तिको कोरोना परीक्षण, १३२ जनाको रिपोर्ट यस्तो आयो…

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

शनिबारसम्म प्रदेश २ मा ३६३ व्यक्तिको कोरोना परीक्षण, १३२ जनाको रिपोर्ट यस्तो आयो…

Artha Sarokar

३० चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज – प्रदेश नं २ मा ३६३ कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको थ्रोट स्वाब परीक्षण गरिएको छ । प्रदेश नं २ मा शनिबारसम्म ३६३ जनाको थ्रोट स्वाब परीक्षण गरिएको हो । जसमा १३२ को रिपोर्ट नेगेटिभ आएको छ भने २३१ जनाको रिपोर्ट आउन बाँकी छ ।
प्रदेश २ मा चैत २१ गतेबाट शुरु गरिएको ल्याब परीक्षणमध्ये नारायणी अस्पताल वीरगञ्जमा ९७ को परीक्षण गरिएकामा ६० को रिपोर्ट नेगेटिभ आएको छ भने ३७ को रिपोर्ट आउन बाँकी छ । प्रादेशिक अस्पताल जनकपुरमा २४६ को परीक्षण गरिएकामा ५२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १९४ जनाको आउन बाँकी छ । त्यस्तै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ११ जनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी